माधव नेपाल पक्षले भन्यो– मन्त्रिपरिषद विस्तार नहुनुमा हामी कारण होइन

रघुजी पन्त भन्छन्– एमाले विभाजनमा गए दुवै पक्षको सत्यानाश


काठमाडौं– सत्ता गठबन्धनमा रहेको नेकपा एमाले माधवकुमार नेपाल पक्षले मन्त्रिपरिषद विस्तार नहुनुमा आफू कारण नभएको प्रष्ट्याएको छ।

शुक्रबार स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिँदै नेता रघुजी पन्तले यस्तो भनेका हुन्। ‘हामी सरकारमा जान्छौं भनेका छैनौं, हाम्रो कारणले मन्त्रिपरिष विस्तार नभएको होइन’, पन्त भन्छन्,‘हामी पार्टी एकताको पक्षमा नै केन्द्रित भएर कुरा गरेका छौं। सरकारका विषयमा चासो छैन।’

स्थायी कमिटीले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव एकताको आधार रहेको निर्णय गर्दै पार्टीका बरिष्ठ नेताहरुमाथि गरिने टिप्पणी गलत भएको ठहर गरेको छ। यस्तै, विभिन्न तहका अधिवेशनलगायतका विषयमा गरिएका निर्णय रोकिए एकता गर्न सहज हुने पनि पन्तले बताए।

प्रतिक्रिया