

प्रदेश सभा सदस्य वलीलाई जबरजस्ती गरिएको होइन : सचेतक ढकाल

काठमाडौं – नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा एमालेमै फर्किएको विज्ञप्ति सार्वजनिक गरिएको बताएका छन् ।
तर प्रदेशसभा सदस्य विमलाले भने बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई जवरजस्तीमा पारिएको बताएकी छन् । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ ।
सांसद वलीले आफूलाई जबरजस्तीमा पारिरहेको बताईरहँदा सचेतक ढकालले सांसद वलीकै राजीखुसीमा मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका छन् । तर यस भन्दा अघि सांसद वलीलाई जबर्जस्ती मुख्यमन्त्री निवास पुर्याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको खबर बाहिरिएका थिए ।
सचेतक ढकालले भने उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ?
सांसद वलीले बिहीबार गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ आफूहरुले पनि पत्रकार सम्मेलन गरेरै दिने ढकालले बताए ।
सम्बन्धित समाचार
प्रदेशसभा सदस्य बिमलाको बयान- ‘मुख्यमन्त्री निवासबाट ट्वाइलेटको चप्पल लगाएर भागें’

