माओवादीतिर लागेकी दाङकी प्रदेश सांसद वली एमालेमा फर्किइन्


काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य बिमलाकुमारी वली नेकपा एमालेमा फर्किएकी छन्। उनले सोमबार विज्ञप्ति जारी गरी एमालेमा रहेको जानकारी दिएकी छन्।

सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेकाका कारण एमालेमा रहेको उनको विज्ञप्तिमा उल्लेख छ। तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनी यसअघि माओवादी केन्द्रमा थिइन्। तर, सूर्य सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर जानु कानुनी रुपमा ठिक नहुने वलीको भनाई छ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित पति उत्तरकुमार वलीको निधन भएपछि उनी उप निर्वाचनमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया