योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण


गलेश्वर – म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ ।

अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अध्यक्ष पुनसहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गरेका छन् । सडक, शिक्षा र खानेपानीजस्ता जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको उनले बताए।

 

प्रतिक्रिया