राजेन्द्र महतो भन्छन्- निर्वाचन आयोगले जसपा फुटायो


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।

आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।

भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जना मात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्‍यौ, यो दूर्भाग्यपूर्ण काम हो ।’

‘एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहेको थियो । एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौं । त्यही भएर हामी अब जनतामै जाने हो,’ महतोले भने, ‘यो अवस्थाका लागि हामीले एक वर्षअघि उपेन्द्र यादवको पार्टी हामीले बचाई दिएका थिएनौँ । हामी देशमा वैकल्पिक शक्ति निर्माण गर्न र शोषण उत्पीडनमा परेका जनतालाई न्याय दिन हामी एकताबद्ध भएका थियौँ । त्यसको ठीक विपरीत यहाँ प्राविधिक पक्ष यहाँ देखाएर विभाजन गर्न खोजिएको छ । यो दूभाग्यपूर्ण हो । जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अघि बढ्छ । यो बहुराष्ट्रिय राज्य हो । यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैनौं ।’

सोमबार जसपाको विवाद टुंयाउन निर्वाचन आयोगले गरेको निर्णय अनुसार जसपाका ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्।

सनाखतका लागि जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य ९निलम्बित० रेशम चौधरी भने तटस्थ बसेका छन् ।

 

प्रतिक्रिया