

लुम्बिनी गुरुयोजना अन्तर्गतको ठेक्कामा ६० कम्पनीको प्रतिस्पर्धा, मापदण्ड कायम गरेकालाई काम

काठमाडौं– लुम्बिनी गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायतका निर्माण कार्य गर्न चारवटा प्याकेज बनाएर आह्वान गरिएको ठेक्कामा ६० कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्। ति मध्ये मापदण्ड कायम गरेकालाई काम दिने तयारी भएको छ।
कोषले गत बिहीबार खुलाएको बोलपत्रमा करिब ६० वटा फर्म तथा निर्माण कम्पनी सहभागी छन्। सर्ट लिस्टमा मापदण्ड पुराएका कम्पनीलाई ठेक्का दिइने जनाइएको छ। बन्दसूचीमा हुने भएकाले कुन कुनले मापदण्ड पूरा गरेका छन् भनी छान्न बाँकी रहेको छ।
उक्त ठेक्का रोक्नका लागि कतिपयले सिन्डिकेट बनाएर सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। तर अदालतले बोलपत्र खुलाउने विषयमा रोक्न नमिल्ने भन्दै रिट खारेज गरेपछि प्रक्रिया अघि बढाइएको छ।
कोषका उच्च अधिकारीका अनुसार नियमकानुनसम्मत बोलपत्रको मापदण्डभित्र पर्नेले काम पाउनेछन्।

