‘हेड काउन्ट’ले जसपाको आधिकारिकता उपेन्द्रका पक्षमा, आयोगको घोषणा बाँकी

महन्थ ठाकुर पक्षका राजकिशोर यादव र मनिष सुमनले कित्ता फेरे 


काठमाडौं– जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने पक्का भएको छ। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका झन्डै दुई तिहाई बहुमत सदस्य यादव पक्षमा उभिएका छन्।

सत्ता परिवर्तनसँगै जसपाभित्र यादव पक्ष बलियो बनेको छ। ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ।

ठाकुर पक्षका राजकिशोर यादव र मनिष सुमन पनि यादव समूहका लागेका छन्। निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ।

यता यादवले ठाकुर समूहका लागि कार्यालयमा ताला नलगाइएको प्रतिक्रिया दिएका छन्। आत्माआलोचना गरे मौका दिने यादवको प्रतिक्रिया थियो।

प्रतिक्रिया