

सरकारलाई बस्नेतको चेतावनी: राजनितिक दल सम्बन्धि अध्यादेश ल्याए देशभर आगो बल्छ

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको बताएका छन् ।
शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
नेता बस्नेतले भने ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि आगो बल्छ’ । नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे ।
यसैगरी शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच साउन महिनामा नै ओली सरकारले अध्यादेश मार्फत संवैधानिक परिषदको नियमावली परिवर्तन गरि गरेका नियुक्ती खारेज गर्ने सहमती बनेको स्रोतले बताएको छ ।

