

अस्ट्रेलियामा कर्मठ रोजी एनआरएनए एससीसी सदस्यकी उम्मेदवार, यस्तो छ संघर्ष

काठमाडौं– समाज सेवाको भाव त उनको कर्मबाट नै पुष्टि भएको छ। अस्ट्रेलिया जस्तो मुलुकमा सय जना भन्दा बढी नेपाली विद्यार्थीलाई रोजगारी दिएकी छन्, रोजी पन्तले।
१३ बर्षदेखि अस्ट्रेलियामा संघर्ष गरिरहेकी उनको क्लिनिङ सम्बन्धी काम गर्ने कम्पनी १० बर्षदेखि सक्रिय छ। अर्बिट अस्ट्रेलिया ग्रुपकी सञ्चालक रोजी गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी ३१ जुलाईमा हुने निर्वाचनका लागि न्यु साउथ वेल्स (एनएसडब्लु)को न्युक्यास्टलबाट पहिलो पटक उम्मेदवार बनेकी छन्।
रोजीले स्टेट कोओर्डिनेशन कमिटी (एससीसी) पदमा आफूलाई जिताउन अपिल गरेकी छन्।
‘विदेशमा रहेर आफ्नो कर्म र क्षमतालाई प्रस्तुत गर्नका लागि चाहिने उपयुक्त माध्यम एनआरएनए नै हो। यहि प्ल्याटफर्ममा रहेर आगामी दिनमा अझ दर्विलो समाज सेवो गर्ने ध्येयले उम्मेदवारी दिएकी हुँ’, उनले भनिन्।
रोजी एनआरएनएको संगठनभित्र जित्नुपर्ने अनेक कारण छन्। पहिलो त उनी महिला र संघर्षशील आमा पनि हुन्। अर्कोचाहिँ नेपाली विद्यार्थीका लागि रोजगारी र समस्यामा साथ दिने सहयोगी पात्र।
नीजि जीवनलाई जति मिहेनतका साथ उठाएकी छन् अस्ट्रेलियाको नेपाली समुदाय र नेपालमा भई परी आउने विविध संकटमा हातेमालो गर्दै पनि आएकी छन्। ‘सेवा नै धर्म हो। धर्म नै तपाईको कर्म हो। तर यसलाई अझ सुव्यवस्थित गर्नका लागि आजका दिनमा संगठित हुन आवश्यक छ। संगठितसँगै भूमिका र जिम्मेवारी पनि खाँचो रहेछ। यसैले पनि एनआरएनएको एनएसडब्लु एसीसी सदस्यका लागि सबैसँग मतको अपेक्षा गरेकी छु’, उनले सुनाइन्।
उनी नेपाली कला संस्कृतिलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन्। त्यसको उन्नयनमा पनि सक्रिय रहेकी रोजीले केही फिल्महरु र म्युजिक भिडिओमा पनि अभिनय गरिसकेकी छन्।
उनले जीतको अपेक्षा राख्नुका स्वभाविक कारण छन्। न्युक्यास्टल क्षेत्रमा रहेका नेपालीलाई अझ सहयोग र समर्पण गर्नु त हो नै, पूरै एनआरएनए र मुलुकका लागि पनि सामाजिक योगदान गर्नु रहेको छ। रोजी सुनाउँछिन्,‘मैदानमा उत्रिएकी छु। जीतको अपेक्षा नै सेवा गर्ने सपनाहरूको उर्जा मानेकी छु।’

