

नयाँ सरकारपछिकाे पहिलो संसद अधिवेशन आज सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
सर्वोच्च अदालतको आदेशानुसार गठित शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदका दुबै सदनको अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।
पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।
असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।
आजको सम्भावित कार्यसूची
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

