कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो चार बजेका लागि आह्वान गरिएको प्रतिनिधि सभा संसद बैठक अघि पार्टीको संसदीय दलको बैठक बस्ने जनाइएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सदनमा अब खेल्ने भूमिकाका विषयमा छलफल गर्दै देउवाले निर्देशन दिनेछन् ।

दलको बैठकमा सरकारलाई संसदको पूरै कार्यकाल टिकाउन अरु दलसँग विश्वासको मत दिन पहल गराउने विषयमा पनि छलफल हुने सांसद डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

प्रतिक्रिया