शशांक निवासमा काँग्रेस नेताको छलफल


काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेताहरु महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा काँग्रेस नेताहरु छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरु शशांक निवासमा पुगेका छन्। बैठकमा महाधिवेशनसँगै काँग्रेस नेतृत्वको सरकारमा आफ्नो पक्षको मन्त्री पठाउनेबारे पनि छलफल हुने बताइएको छ।

हाल देउवा नेतृत्वको सरकारमा बालकृष्णा खाँण र ज्ञानेन्द्र कार्की सहभागी छन्। खाँण र कार्की देउवा गुटका नेता हुन्।

काँग्रेसमा महाधिवेशनमा सभापतिको धेरै आकांक्षी छन। प्रधानमन्त्री देउवाले पनि पार्टी सभापतिमा उठ्ने बताइसकेका छन्। त्यसैले पनि विपक्षी नेताहरु देउवाविरुद्ध एकै ठाउँमा भेला हुँदै आएका छन्।

प्रतिक्रिया