

बिहीबार सुनको मुल्य बढ्यो

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ३ सय रुपैँयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैँयाले नै बढेको हो ।
बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

