ब्यान्ड बाजा बजाएर बालकोटमा ओलीको स्वागत, प्रधानन्यायाधीश जबरा र नेता नेपालविरुद्ध नारा


काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजी निवास बालकोटमा ब्यान्ड बाजा बजाएर स्वागत गरेबका छन् ।

बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरुको जुलुस थियो। बालुवाटारबाट शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर हुँदै ओलीले शक्ति प्रदर्शन गर्दै निवाससम्मको यात्रा तय गरेका थिए।

बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नारा लगाएका थिए।

बालकोटमा ओलीको स्वागतमा ब्यान्ड बाजा बजाउनुको साथै एमाले भातृ संगठनको उपस्थिति थियो।

प्रतिक्रिया