

अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने एक पक्राउ

सिरहा । सिरहाबाट अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
कल्याणपुर नगरपालिका—४ बस्ने २० वर्षीय अजय महरालाई २२ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सोही नगरपालिका(४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

