मास्क नलगाउनेलाई २ हजार जरिवाना


दिल्ली । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि दिल्ली सरकारले मास्क नलगाउनेका लागि कडा नियम लगाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा मास्क नलगाउनेलाई २ हजार रुपैयाँ जरिवाना लगाउने घोषणा गरेका छन् ।

दिल्लीमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । दिल्लीको मौसम र कोरोनाप्रति मानिसहरुको बेवास्ताका कारण धेरै मानिसहरुले ज्यान गुमाइसकेको यस परिवेशमा दिल्ली सरकारको यस निर्णयले केही राहत दिनसक्ने जनाइएको छ ।

मास्क बिना सहरमा मानिसहरु देखिन थालेपछि सरकारले अबदेखि २००० रुपैयाँ जरिवाना राख्न लागेको जनाइएको छ । यसअघि दिल्ली सरकारले मास्क नलगाउनेलाई ५ सय जरिवाना घोषणा गरेको थियो ।

प्रतिक्रिया