

एमाले कार्यदल बैठकअघि माधव नेपालले कोटेश्वरमा किन डाकेका थिए भिम रावल?

काठमाडौं– एमालेभित्रको विवाद समाधानको खाका तयार पार्न अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षले गठन गरेको कार्यदलको बैठक सिंहदरबारमा जारी छ।
केही बिलम्ब गरी सुरु भएको बैठकअघि कोटेश्वरस्थित नेता नेपाल निवासमा उपाध्यक्ष भिम रावलसँग लामो वार्ता भएको थियो। आफ्नो अडानबाट त्यति लचक नहुनका लागि नेपालले परामर्श गरेपछि कार्यदलको बैठक भएको हो।
त्यसअघि बुधबार साँझ होटल मेरियटमा ओली–नेपाल वार्ता भएको थियो। उक्त वार्ता सकारात्मक भएको प्रतिक्रिया दिइएको छ। एमालेको विवाद विहीबारसम्म मिलाउने प्रयत्न हुने र ओली–नेपालको वक्तव्य आउन सक्ने अनुमान गरिएको छ।

