अमेरिकामा यसरी सम्मानित भए गिनिज बुकमा नाम लेखाएका दिनेश ‘पार्कर’


काठमाडौं– पार्कर खेलमा चार पटक गिनिज बुकमा नाम लेखाई पाँचौ पटकको प्रमाणपत्रको पर्खाइमा रहेका दिनेश सुनारलाई अमेरिकाको फ्लोरिडास्थित लाइन्स क्लव अफ ओरलान्डोले सम्मान गरेको छ।

अध्यक्ष निजानन्द मल्ल, उपाध्यक्ष रामचन्द्र सापकोटा, सचिव मधु नेपाल, कोषाध्यक्ष कृष्ण श्रेष्ठलागयतले भर्चुअल कार्यक्रम मार्फत दिनेश सुनारलाई सम्मान गरेका हुन्।

उक्त सम्मान कार्यक्रममा सदस्य विष्णु लकान्द्री, विनिता सेञ्चुरी, बम्फे कामी, शान्ता विश्वकर्मा पनि भर्चुअल कार्यक्रममा जोडिएका थिए।

‘नेपालको दुर्गम ठाउँमा जन्म लिएर पार्कर जस्तो खतरनाक खेलमा चार पटकसम्म नाम लेखाउन सफल हुँदा देशको नाम उँचो राख्न दिनेशको योगदान छ’, क्लवका अध्यक्ष मल्ल भन्छन्,‘देश र जनतालाई विश्वमा चिनाउन सक्ने यस्ता सहासी व्यक्तिलाई सम्मान गर्न पाउनु एउटा अवसर हो।’

विश्व रेकर्डमा हुने आगामी प्रयासमा नैतिक, आर्थिक सहयोग गर्ने बताएका मल्लले दिनेश जस्तो प्रतिभालाई देशले चिन्नुपर्ने बताएका थिए।

सम्मानित भएका पार्कर दिनेश भन्छन्,‘अमेरिका जस्तो विदेशी भूमीमा यसरी देशको नाम उँचो राख्दा पाएको सम्मानले हौसला बढाएको छ। यो सम्मानले मलाई थप जिम्मेवारी दिएको ठानेको छु।’

दिनेशले अझ विश्व रेकर्ड कायम राख्दै अमेरिकालगायत विश्वभरी नेपाललाई चिनाउन थप मिहेन तगर्ने बताए। यस्तो सम्मानका लागि विष्णु लकान्दारी, बिनिता सेञ्चुरीहरुको पहल र योगदानका लागि दिनेले धन्यावाद पनि दिए।

प्रतिक्रिया