एमाले कार्यदल बैठक आज पनि बस्दै


काठमाडौं – नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा एमालेको सङ्गठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ ।

एमालेको पार्टी एकता जोगाउनको लागि सक्रिय बनेको कार्यदलको मङ्गलवार बसेको बैठक आज (बुधवार) बिहान ८:३० बजे पुनः बस्ने गरी विना निष्कर्ष टुङ्गिएको थियो ।

आजको बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही समय ढीला बस्ने भएको छ । आजको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।

गत जेठ २ गते बनाइएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

 

प्रतिक्रिया