प्रधानमन्त्री ओलीसहित नेपालका शीर्ष नेतासँग भोली चिनियाँ राष्ट्रपतिको बैठक


काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरूसँग भर्चुअल छलफल गर्ने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार अपराह्न हुने छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने उनको सचिवालयबाट जानकारी प्राप्त भएको छ ।

भर्चुअल छलफलमा प्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू पनि सहभागी हुने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति जिङपिङले भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूलाई पनि जुम बैठकमा निम्तो दिएका छन् । नेताहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको जनाइएको छ ।

प्रतिक्रिया