

चिकित्सा शिक्षा आयोगकाे लापरबाही, परीक्षार्थीमा अन्याेल

काठमाडाैं – चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि १३ गते सम्म सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले परिक्षामा सहभागी हुन सबै परीक्षार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी उपस्थित हुनपर्ने सूचनामा उल्लेख गरिएको छ ।
तर भयाे के भने नेपाल सरकार कोभिड-१९ संकट व्यावस्थापन केन्द्रको निर्णय अनुसार एकिकृत प्रवेश परीक्षामा सम्मिलित हुने सबै परीक्षार्थीहरुले परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ ।
तर एक भन्दा बढी परीक्षामा सहभागी हुने परीक्षार्थी जाे ९ गते र १३ गतेकाे परीक्षामा सहभागी हुँदैछन् । उनीहरू एउटै पिसिआरले परीक्षामा सहभागी हुन पाउँने वा नपाउँने स्पष्ट नहुँदा परीक्षार्थी अन्याेलमा परेका छन् । आयोगले भने एउटै रिर्पाेटले पनि परीक्षा दिन पाउने जनाएकाे तर आधिकारीक सूचना प्रकाशन नगरिदिदाँ परीक्षार्थीमा थप द्वुविधा थपिएकाे छ ।
आयोगमा स्वास्थ्य विषयको स्नातक तहको प्रथम वर्षमा भर्नाका लागि गत चैत्र तीन गते प्रवेश परीक्षामा सहभागी हुने चाहने विद्यार्थीलाई आवेदन माग गर्दै सूचना प्रकासित गरेको थियो ।
आयोगले परीक्षार्थी आफैंले रोजेको परीक्षा केन्द्र कायम गरी प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको प्रकासित सूचनामा उल्लेख गरिएको छ ।
परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख हुने र प्रवेश पत्र परीक्षा शुरु हुनु भन्दा ५ दिन अगाडि परीक्षार्थी आफैले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै विदेशी विद्यार्थीले नेपाल सरकारले लागु गरे अनुसार ७ दिनको क्वारेनटाइनमा बस्नु पर्ने र सबै परीक्षार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी उपस्थित हुनपर्ने सूचनामा उल्लेख गरिएको छ ।

