बैतडी जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो


बैतडी – आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका-३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो।

आइतबार बिहान सिगास गाउँपालिका-३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । चालक र गाडी मालिक भने फरार भएका छन् ।

प्रतिक्रिया