नेपाल समूहभित्रै यस्तो मतभेद, भोलीको केन्द्रीय कमिटी बैठक सार्न ओलीलाई प्रस्ताव


काठमाडौं– एमालेभित्रको विवाद मिलाउनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेकै केन्द्रीय कमिटीको बैठक भोलीका लागि डाकेपछि माधव नेपाल समूहको स्थायी कमिटी सदस्य भेला भएका थिए।

एमालेका पदाधिकारीसमेत कायम रहनेगरी महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेलाई २ जेठ ०७५ मा लग्दै बैठक डाकिएको थियो। उक्त निर्णयबारे साझा धारणा बनाउन नेपाल पक्षका स्थायी कमिटी सदस्य भेला भएका थिए।

तर उक्त बैठकमा मतभेद भएको छ। कतिपयले अहिले तत्कालको माग पूरा भएको र बैठकमा बसेर अन्य विषयका लागि अध्यक्ष ओलीलाई दबाब दिदै महाधिवेशनमा लैजानुपर्ने बताएका थिए। त्यसो गर्दा एमालेको हैसियतमा बुझाईएको हस्ताक्षर फिर्ता लिनुपर्ने पनि प्रस्ताव गरिएको थियो।

तर नेपालसहित भीम रावलले हस्ताक्षर तत्काल फिर्ता गरी विपक्षी गठबन्धनलाई धोका दिन नहुने बताएको स्रोतको दाबी छ। त्यतिमात्र नभएर ओलीले सरकार जोगाउनका लागि यो सबै गरेको भन्ने पनि बताइएको थियो। तर, ओली पक्षसँग वार्तामा रहेका नेताहरुले भने सरकार एमालेको हुँदा प्रधानमन्त्रीको विषयमा बहस गर्न सकिने बताएको स्रोतको दाबी छ।

स्थायी कमिटी सदस्यहरुबीच साझा निचोडमा मतभेद भएपछि भोलीका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक सार्न नेपाल पक्षले प्रस्ताव गरेको छ।

प्रतिक्रिया