ब्राजिलले कोलम्बियालाई २–१ ले हरायो


काठमाडौं – कोपा अमेरिका २०२० अन्तर्गत खेलमा ब्राजिलले कोलम्बियामाथि जित हात पारेको छ ।

भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २—१ गोलले पराजित गरेको हो । ग्रुप बी अन्तर्गतको खेलमा ब्राजिलले हालसम्म खेलेका तीन खेलमा शतप्रतिशत जित हात पार्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

भर्खरै सम्पन्न खेलमा ब्राजिलका लागि रोबेर्टो फिर्मिनो र कासेमिरोले गोल गरेका थिए भने कोलम्बियाका लुइ डियाजले १ गोल गरेका थिए ।

कोलम्बियाले दशौं मिनेटमा डियाजको गोलले अग्रता लिएको थियो । त्यसपछि ब्राजिलले ७८ मिनेटमा रेफ्रीको खुट्टामा ठोक्किएर फर्किएको बललाई गोलमा परिणत गर्दै बराबरीमा पुगेको थियो ।

केहीबेर खेल अवरुद्ध हुँदा खेल पुनः सञ्चालनमा आएको छ । त्यसपछि १० मिनेट अतिरिक्त समय थपिएको अन्तिम मिनेटमा कर्नर किक पाएको ब्राजिलले नेयमारले प्रहार गरेको कर्नरलाई कासेमिरोले गोलमा परिणत गर्दै ब्राजिललाई जित दिलाएका थिए ।

कोलम्बियाको ४ खेलमा १ जित र १ बराबरी सहित ४ अंक रहेको छ ।

प्रतिक्रिया