युरोकप २०२०ः नकआउट चरणमा को सँग को भिड्ने ? (तालिकासहित)


काठमाडौं – युरोप फुटबलको अन्तिम–१६ को समीकरण तय भएको छ । समूह चरणमा ग्रुप ‘एफ’ का अन्तिम खेल सम्पन्न भएसँगै अन्तिम–१६ का लागि नाकआउट समीकरण पूरा भएको छ ।
बुधबार राति र बिहीबार बिहान सम्पन्न खेलबाट स्पेन, स्वीडेन, पोर्चुगल र जर्मनीले अन्तिम १६ मा स्थान बनाएका छन् ।

६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यसपटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् । नकआउट चरणका खेल शनिबार शुरु हुनेछन् ।

युरोकपमा नकआउटमा खेल्ने टिमहरुः

वेल्स-डेनमार्क

इटाली-अष्ट्रिया

नेदरल्यान्ड्स- चेक रिपब्लिक

बेल्जियम- पोर्चुगल

क्रोएसिया-स्पेन

फ्रान्स- स्वीट्जरल्यान्ड

इंग्ल्यान्ड -जर्मनी

स्वीडेन- युक्रेन

प्रतिक्रिया