फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ र डिजेल ११० पुग्यो


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरेको हो ।

नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ ।

निगमले यसअघि जेठ २२ मा पनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो ।

 

प्रतिक्रिया