युरोकप-२०२०ः आत्मघाती गोलले डुबायो पोर्चुगललाई, प्रतियोगितामा पहिलो हार


काठमाडौं – युरो २०२० मा पोर्चुगलले पहिलो हार ब्यहोरेको छ ।

शनिबार राति सकिएको खेलमा पोर्चुगल जर्मनीसँग २–४ गोलले पराजित भएको हो ।

यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो।

शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे। त्यसपछि पोर्चुगलका रुबेन डियासले आप्mनै पोष्टमा गोल गर्दा जर्मनीले १—१ को बराबरी गर्न सफल भयो । त्यसलगत्तै पोर्चुगलका गुइरेरोले दोस्रो आत्मघाती गरेपछि जर्मन २—१ ले अगाडि रह्यो ।

पहिलो हाफमा २–१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्‍यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।

६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४–१ ले अघि बढ्यो।

६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४–२ को अवस्थामा आएको थियो।

अब लिगचरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्सको सामना गर्नेछ भने जर्मनीले हंगेरीको सामना गर्नेछ ।

जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ। फ्रान्सले आजै भएको खेलमा हंगेरीसँग १–१ को बराबरी खेल्यो। पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ।

 

प्रतिक्रिया