युरोकप २०२०ः पेनाल्टी खेर फाल्दा दोस्रो बराबरीमा स्पेन


काठमाडौं— स्पेन युरोकपको जारी प्रतियोगितामा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ।

आइतबार विहान सम्पन्न खेलमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा स्पेन पोल्यान्डसँग १—१ गोलको बराबरीमा रोकिएको हो ।

अघिल्लो खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको थियो।

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

त्यसपछि खेलको ५४ मिनेटमा पोल्यान्डले बराबरी गोल गर्न सफल भयो। पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए।

५८ मिनेटमा स्पेनले पेनाल्टी पाए पनि मोरेनोले गरेको पेनाल्टी पोष्टमा लाग्दै बाहिरिएको थियो ।

खेलसँगै समूह ‘ई’ मा स्पेन दुई अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको स्विडेनको चार अंक छ। स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा छ भने चौथो स्थानको पोल्यान्डले एक अंक जोड्न सफल भएको छ। स्पेनले आफ्नो अन्तिम खेल स्लोभाकियासँग खेल्ने छ ।

प्रतिक्रिया