

मनाङमा चार दिन देखि सम्पर्कविहीन ५६ जनाको उद्धार, तीन जनाको स्वास्थ्य अवस्था खराब

काठमाडौं – मनाङको नार्पाभूमि गाउँपालिका स्थित फू लेकमा यार्सा टिप्न गएका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । उच्च हिमाली भेग फू लेकमा यार्सा टिप्न गएका उनीहरु भारी वर्षाका कारण चार दिन देखि सम्पर्कविहीन भएका थिए ।
उद्धार गरिएकामध्ये तीन जनाको स्वास्थ्यमा खराबी देखिएको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उच्च लेकबाट उद्धार गरेर उनीहरुलाई फू गाउँमा ल्याइएको छ ।
शुक्रबार बिहानैबाट मौसम खुलेकाले उद्धारमा सहज भएको उनले बताए । उनले शुक्रबार फू मा भएका ५६ जना, ताल्चे ५५ जना, ओडारमा २८ जनाको उद्धार गरिएको जानकारी दिए ।

