कर्णाली प्रदेशमा सर्वोत्कृष्ट कृषकलाई सुनको हलो!


काठमाडौं – कर्णाली प्रदेश सरकारले सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो प्रदान गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले सो कुरा जानकारी गराएका हुन्।

मंगलबार आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले कृषक सम्मान कार्यक्रममार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो प्रदान गरिने बताएका हुन्।

‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रममार्फत प्रदेशभरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा प्रदान गरिनेछ,’ बजेटमा भनिएको छ।

यस्तै उत्कृष्ट २०० जना कृषकलाई पुरस्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको समेत मन्त्री शर्माले बताए। यस्तै बजेटमा एक स्थानीय तह एक कृषि उपज उत्पादन पकेट कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ। त्यसका लागि २१ करोड ६० लाख विनियोजन गरिएको छ।

प्रतिक्रिया