गण्डकीमा ‘गर्जिए’ पृथ्वी, मुख्यमन्त्रीमा पुनः दाबेदारी प्रस्तुत


पोखरा – गण्डकी प्रदेशमा शुक्रबार विश्वासको मत प्राप्त गर्न असफल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः सरकार निर्माणको दाबी गरेका छन् । यससँगै गण्डकी प्रदेशमा मुख्यमन्त्री चयनमा केही असहजता देखिने भएको छ ।

उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार गुरुङले पनि बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनको दाबेदारीसँगै विपक्षी गठबन्धनको प्रदेश सरकारको यात्रा अपेक्षाकृत सहज बन्ने देखिएको छैन ।

स्रोतका अनुसार जसपा र राजमोका संसदीय दलको नेताको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

यसअघि सो पार्टीका सांसदहरुले शुक्रबार नै कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।

प्रतिक्रिया