

कांग्रेसमा महाधिवेशन मुद्दाः देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक

काठमाडौं– आगामी भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यतामा रहेको नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबारका लागि बोलाइएको छ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हुने भएको छ। क्रियाशिल सदस्यताको विवाद कायम रहेको कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशन गर्छ या गर्दैन भन्ने सर्वत्र चासो छ।
तर सभापति देउवाले ७ भदौका लागि तोकिएको महाधिवेशन जसरी पनि गरिने बताइसकेका छन्। सदस्यता विवादलाई टुंगो लगाउँदै महाधिवेशनको प्रक्रिया कसरी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनका प्रतिनिधि र क्रियाशिल सदस्यलाई नै वैधता दिएर १४ औं महाधिवेशन गर्न प्रस्ताव गरिसकेका छन्। उक्त विषयमा पनि छलफल हुने बताइन्छ।

