विवादित अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई काँग्रेसको निर्देशन


काठमाडौं – नेपाली कांग्रेसले प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई प्रदेससभामा दिएको दिएको विवादित अभिव्यक्ति तुरुन्त फिर्ता लिई आत्माआलोचना गर्न निर्देशन दिएको छ ।

शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए। ​नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्।

उक्त अभिव्यक्तिको अहिलो निकै आलोचना भइरहेको छ । विभिन्न राजनैतिक दलका नेता तथा बुद्धिजिबिहरुले बैद्यको उक्त अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

चौतर्फी आलोचना भएपछि कांग्रेसले उनलाई तत्काल अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको हो ।

बैद्यलाई पार्टीले गरेको निर्देशनलाई पलना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गरेको छ ।

No description available.

प्रतिक्रिया