राष्ट्रिय जनमोर्चाका सांसद थापा पार्टीको दोस्रो कारबाहीमा


कास्की – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाहीमा परेका छन् । थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको हो ।

बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् ।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिए ।

शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको हो ।

प्रतिक्रिया