सिँहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिहीबार ४ बजे शीतल निवासमा नव नियुक्त मन्त्रीहरूको शपथ लगत्तै साँझ ६ बजे सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् ।

आजको बैठकमा नव नियुक्त मन्त्रीहरूलाई बधाईसहित मन्त्रालयका नियमित प्रस्तावहरूबाट छलफल तथा निर्णय हुने सिंहदरबार स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया