

नेपाल–जोर्डन फुटबलः पेनाल्टी गोलबाट जोर्डन १–० ले अगाडि

काठमाडौं – विश्वकप र एसियन कपको छनौट अन्तर्गतको खेलमा नेपाल र जोर्डनबीचको खेलमा नेपाल १ गोलले पछि परेको छ ।
अहिले जारी खेलमा जोर्डनले नेपाली डिफेन्डर रोहित चन्दले पेनाल्टी एरियामा गल्ती गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा अग्रता लिएको हो ।
त्यति बेरसम्मको खेलमा अधिकांश नेपाली मैदानमा खेलीरहेको जोर्डनी टिमलाई नेपाली रक्षापंक्तिले रोक्न सफल भएको थियो ।
खेल जारी छ ।

