

नेपाल र जोर्डन खेलः पहिलो हाफको खेल सकियो, नेपाल १–० ले पछाडि

काठमाडौं – विश्वकप र एसियन कपको छनौट अन्तर्गतको खेलको नेपाल र जोर्डनबीचको खेलमा नेपालले जोर्डनलाई पहिलो हाफमा १ गोलमा रोक्न सफल भएको छ । पहिलो हाफको खेल सकिँदा सम्म नेपालले २३ औं मिनेटमा पेनाल्टीमार्फत् खाएको गोलले मात्र पछाडि रहेको छ ।
अधिकांश समय दबाबमा खेलेको नेपालले शारिरीक रुपमा सशक्त देखिएका जोर्डनी खेलाडीसँग बहादुरीपूर्वक खेल प्रस्तुत खेलेका छन् ।
नेपालले पहिलो हाफको ३८ औं मिनेटमा नेपालका खेलाडीले जोर्डनको पोष्टमा प्रहार गरेको बल थोरै बाहिरिएको थियो ।
त्यसअघि नेपाल खेलको २३ औंमिनेटमा पेनाल्टीमार्फत गोल खाँदै १–० जे पछाडि परेको थियो ।
त्यति बेरसम्मको खेलमा अधिकांश नेपाली मैदानमा खेलीरहेको जोर्डनी टिमलाई नेपाली रक्षापंक्तिले रोक्न सफल भएको थियो ।
खेलको दाेस्राे हाफ केही बेरपछि सुरू हुनेछ ।

