मुटुरोग विशेषज्ञ डा. सुवेदीको कोरोनाबाट निधन


काठमाडौं – कोरोना संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ ।

कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा निधन भएको जनाइएको छ ।

बिरामीको उपचारकै क्रममा २५ दिनअघि कोरोना पुष्टि पुष्टी भएका डा. सुवेदीलाई १० दिन गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

उनको एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । दुईदिन अघि परीक्षण गर्दा भने उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोल घर भएका डा. सुवेदीका श्रीमती र एक छोरी छन् ।

 

प्रतिक्रिया