इन्धनको मूल्य घटेसँगै निगमले घटायो हवाई भाडा


काठमाडौं – इन्धनको मूल्य घटेसँगै नेपाल वायुसेवा निगमले हवाई भाडा घटाएको छ ।

गत आइतबार नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय हवाई भाडामा अधिकतम २० प्रतिशतसम्म मूल्य एकैपटक घटाएसँगै वायुसेवा निगमले समेत हवाई भाडामा समायोजन गरेको हो ।

हाल चार्टर फ्लाइट र कार्गो फ्लाइट मात्र सञ्चालन रहेको अवस्थामा निगमले अधिकतम १५ प्रतिशतसम्मले भाडा घटाएको जनाएको छ । निगमका अनुसार यस्तो भाडा वाईडवडी जहाजमा प्रतिघण्टा यूएसडी २ हजार ६० अर्थात् १३ प्रतिशत र न्यारोवडीमा १ हजार १३० अर्थात् १५ प्रतिशतले घटाएको हो ।

यद्यपि हालको अवस्थामा निषेधाज्ञाका कारण चार्टर र कार्गो फ्लाइटमा मात्र भाडा समायोजन गरेपनि निगमले क्रमश निषेधाज्ञा खुलेसँगै नियमित उडानहरूमा समेत भाडा घटाउने जनाएको छ ।

प्रतिक्रिया