

फेरि बढ्यो प्रचण्डको दौड, कोटेश्वरमा नेपालसँग ४५ मिनेट साउती मारेर देउवासँग वार्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एकताका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौड बढेको छ।
सोमबार विहान कोटेश्वरमा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालसँग ४५ मिनेट साउती मारेका प्रचण्डले ओलीको आह्वान कपटपूर्ण रहेको बताएका थिए। नेपाल प्रचण्डको कुरामा सहमत भए पनि आफू पक्षीय नेताहरुको दबाबमा रहेको र मिल्नुपर्ने अवस्था आउन सक्नेमा छन्।
ओलीको नयाँ राजनीतिक कदमले विपक्षी गठबन्धन भत्किने भएपछि प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

