

प्रेस चौतारीमा तिव्र असन्तुष्टि, ओली पक्षका पत्रकारबीच नै घोचपेच

काठमाडौं– नेकपा एमालेनिकट प्रेस चौतारीका पदाधिकारीबीच नै तिव्र असन्तुष्टि रहेको विवरण सतहमा आउन थालेका छन्।
चौतारी अध्यक्ष गणेश बस्नेतको रवैयाविरुद्ध संस्थापन पक्षका बरिष्ठ पत्रकारहरु नै असन्तुष्ट रहेका हुन्। एमाले अध्यक्ष ओलीनिकट रहेका न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष तथा चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, ओलीका पूर्व प्रेस सल्लाहकार प्रमोद दाहाललगायत बस्नेतको कार्यशैलीको आलोचनामा लागेका छन्।
दाहालले त सामाजिक सञ्जालमा नै सोधेका छन्,‘गणेश बस्नेतज्यु प्रष्ट पार्नुहोला प्रेस चौतारी कि प्रेस चौतारो?’
यस्तै अर्का पत्रकार वीरेन्द्र महराले बस्नेत अध्यक्ष भएदेखि नै चौतारीको नाम सुन्न मन नलागेको लेखेका छन्। उनी लेख्छन्,‘गणेश बस्नेत पत्रकार कम र पत्रुकार ज्यादा हुन्। उनको हैसियत नै चौतारीको अध्यक्ष हुने होइन। उनलाई अध्यक्षमा टिको लाएदेखि चौतारीले सर्मनाक पराजय भोग्नु परेको छ।’
त्यसो त चौतारीका संस्थापक मध्येका शम्भु श्रेष्ठलगायत पनि बस्नेतको रवैयाको खिलाफमा रहेको बताइन्छ।

