

यी हुन् सदन विघटन मुद्दाको सुनुवाई गर्ने नयाँ संवैधानिक इजलासका न्यायाधीशहरु

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलगायतका मुद्दाको सुनुवाईका लागि नयाँ इजलास गठन गरेका छन् ।
सर्वोच्च स्रोतका अनुसार राणाले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई सामेल गर्दै नयाँ इजलास गठन गरेका हुन् ।
यसअघि सुनुवाईका क्रममा अधिवक्ताहरुले न्यायाधीशहरुको छनोटप्रति असन्तुष्टी जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए। सोही अनुरुप आजको सुनवाईमा नयाँ न्यायाधीशहरुको चयन हुने भएको सर्वोच्च स्रोतले जनाएको छ ।
नवगठित इजलासमा प्रधानन्याधीश राणाले सर्वोच्चका न्यायाधीशहरुमध्ये बरिष्ठताको आधारमा इजलास गठन गरेका हुन् ।
यसअघिको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद उत्पन्न भएको थियो। त्यस्तै आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू पनि अलग हुने निर्णय गरेका थिए। तर पनि भट्टराई बरिष्ठताको सातौं नम्बरमा रहेकाले यसपटकको इजलासमा पुनः परेका हुन् ।
त्यसअघि प्रधानन्यायाधीश राणा र सर्वोच्च बार पदाधिकारीसँगको छलफल र सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठकमा वरिष्ठताको आधारमा इजलास गठन गर्ने सहमति भएको थियो ।
यो पनि…
संसद विघटन मुद्दामा नयाँ इजलाससहित सुनुवाई आज, को-को न्यायाधीश रहन्छन् त इजलासमा ?

