

सत्तामा बसेकाहरुबाटै संविधान र गणतन्त्र गुम्ने खतरा : अष्टलक्ष्मी शाक्य

काठमाडौं – नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संघीयता, लोकतन्त्र र संविधान कमजोर हुँदै गइरहेको बताएकी छन् ।
वागमती प्रदेशसभाको प्रि-बजेट छलफलमा बोल्दै शाक्यले भनिन्, ‘यति बेला लोकतन्त्र, संघीयता बलियो हुनुपर्ने तर २०६२/०६३ मा हामीले लडेर ल्याएको लोकतन्त्र, संघीयता र गणतन्त्र कमजोर हुँदैछ।’
उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको बताइन्। ‘हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस्,’ शाक्य भन्छिन्, ‘आज त्यो अवस्था छैन । सत्तामा बसेकै नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् ।’
शाक्यले कोभिड नियन्त्रणमा वागमती प्रदेशलाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिएकी छन् ।

