

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न तरुण दलको निर्देशन

काठमाडौं – नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्न निर्देशन दिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन र मध्यावधी निर्वाचनको विरोधमा देशैभर प्रदर्शन गर्न तरुण दलका अध्यक्ष जितजंग बस्नेतले परिपत्र गरेको बताए ।
कोरोना भाइरस महामारी रहेका बेला भएकोले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको अध्यक्ष बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले षड्यन्त्रपूर्वक प्रतिनिधि सभा विघटन गरेकोले महामारीका बीच पनि प्रदर्शन गर्न आफूहरू बाध्य भएको अध्यक्ष बस्नेतको भनाइ छ ।
तरुण दलले वाइसीएल, युवा सङ्घ, समाजवादी युवा सङ्घ, विवेकशील साझा युवा संगठनलगायतसँग सहकार्य गर्दै देशैभर प्रदर्शन गर्न जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको हो।

