

संसद् विघटनविरुद्ध रिट हाल्न हस्ताक्षर सङ्कलन गर्दै सांसदहरू

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरूले सिंहदरवारमा हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।
सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संसदीय दलमा आ–आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।
आज विपक्षी गठबन्धनमा रहेका १४९ जना सांसदहरूका तर्फबाट रिट दायर गर्ने तयारी छ ।
शुक्रवार सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रवार मध्यरातमा संसद् विघटन गरेपछि विपक्षीहरू संसद् पुनर्स्थापनाका लागि सर्वोच्च जाने तयारीमा जुटेका हुन् ।

