राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने नेविसंघका नेता पक्राउ


काठमाडौँ – संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् ।

विरोधमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

मध्यबानेश्वर पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको भन्दै काठमाडौंको मध्य वानेश्वरबाट नवराज त्रिपाठीलाई पक्राउ गरिएको हो ।

प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणाको विरोधमा उनले सो काम गरेको जनाइएको छ । फोटोमा गोबर दल्दै गरेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया