

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

काठमाडौं – उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा नियुक्त गरेको जनाइएको छ । शाक्यले सोमबारदेखि नै पदभार ग्रहण गर्ने पनि उल्लेख गरिएको छ ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिइएको थियो ।

