माँ बंगलामुखीमा लक्ष्मण


ललितपुर–ललितपुर महानगरपालिका– ११, कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा सम्पन्न भयो । सहकारी विभागको निर्देशनलाई पालना गरी भर्चुअल विधिबाट सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनकोअध्यक्षता र सचिव सुनिल महर्जनको सञ्चालनमा सम्पन्न भयो ।

साधारणसभाले सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाले उल्लेख्य प्रगति गर्न सफल भएको बताए । उनले फुटसल तथा जिमखाना लगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको बताए । सोही सभामा त्यसै संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभाले ती प्रतिवेदनहरु पारित गर्यो । आर्थिक वर्ष २०७६र०७७ मा सो संस्थामा शेयर पूँजी रु.२,५१,०७,९०० , निक्षेप संकलन रु.१२,१४,६३,४९५ , कर्जा लगानी रु,११,१७,८५,७७२ र कुल सम्पति रु,१६,०८,७६,०७२  रहेको त्यस सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त साधारणसभाले ४ वर्षे कार्यकाल रहनेगरी पुनः अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार , सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन, मुकेश खड्गी र रविता तण्डुकार छन् भने लेखा सुपरीवेक्षण समीतिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीपकुमार श्रेष्ठ चयन भएका छन् ।

आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरेको त्यस संस्थाले फुटसल र जिमखाना सञ्चालन गरिरहेको छ । यसैगरी सोही संस्थाले तःननी  बचत तथा ऋण सहकारी संस्था लि.सँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फ्लावर स्कुल सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया