रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा


काठमाडौं – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा युरोकपको लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा भएको छ ।

बिहीबार युरोकपका लागि साविक विजेता पोर्चुगलले २६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा भेट्रान रोनाल्डोसँगै पेपे, रुइ प्याट्रिसियो र जोओ मौटिन्होलाई टोलीमा समेट्दा युवा खेलाडी जोआओ फेलिक्स, पेड्रो नेटो र डिएगो जोटालाई पनि टोलीमा समेटिएका छन् । सन् २०१६ मा फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको थियो ।

पोर्चुगल रहेको समूह एफमा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ । पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्नेछ । त्यसपछि १९ जुनमा जर्मनी तथा २३ जुनमा फ्रान्ससँग खेल्ने तालिका छ ।

प्रतिक्रिया