

स्पेनिस ला लिगाः एइवरविरुद्ध मेस्सीलाई विश्राम!

काठमाडाैं – स्पेनिस ला लिगाको उपाधि होडबाट बाहिरिसकेको क्याटलान क्लब बार्सिलोनाले आफ्नो अन्तिम खेलमा कप्तान लियोनल मेस्सीलाई विश्राम दिने भएको छ ।
बार्सिलोनाले लिगको अन्तिम खेलमा शनिबार राति एइवरसँग प्रतिस्पर्धा गर्दैछ । अर्काे महिनाबाट सुरु हुने कोपा अमेरिका कप खेल्ने तयारीमा रहेको मेस्सीलाई क्लबले आराम चाहिने भन्दै अन्तिम खेलमा विश्राम दिएको बताएको छ ।
बार्सिलोनासँगको सम्झौता अवधि सकिनै लाग्दा मेस्सी अर्को सिजनमा सोही क्लबमा रहने वा अन्य जाने भन्ने टुंगो लागिसकेको छैन । यस्तैमा बार्सिलोनाले भने आफ्ना स्टार खेलाडीलाई क्लबमा नै राख्ने योजना बनाएको छ ।
घरेलु मैदानमा हुने कोपा अमेरिका कपको तयारीका लागि मेस्सी चाँडै राष्ट्रिय टिममा फर्कनेछन । कोभिडका कारण एक बर्ष स्थगित भएको कोपा अमेरिका आगमी जुन १३ देखि जुलाई १० सम्म अर्जेन्टिनामा हुँदैछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे रहेका छन् । समूह ‘बी’ मा कोलम्विया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । दुवै समूहका शीर्ष चार टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।

